चन्द्र बिनायक | Chandra Banayak | ANCIENT NEPAL


 

चन्द्र बिनायक / ल्ह्वंसा गणेद्यः

चाबहिल

चार विनायक मध्ये चन्द्र विनायक एक हुन। यो गणेशलाई चावहिल गणेश र रक्त विनायक पनि भनिन्छ । यस मन्दिरको दर्शनले मानिसको शरिरमा आएको घाउ खटिरा निको हुने जनविश्वास रहि आएको छ । त्यसैले त वैद्यहरु यस गणेशको बिशेष आराधना गर्ने गर्छन भने कोही वैद्य विद्या सिक्नु अघि यही गणेशको पूजा गरी सुरुवात गर्छन। वैद्यहरु चन्द्र बिनायकलाई गुरु मानी गुरु चन्द्र बिनायक पनि भनी पुकार्छन।
एक किंदन्ति अनुसार एक चोरले हाडी गाउबाट धन गणेशको मूर्ति चोर्दा त्याहाका बासिन्दाले थाहा पाई लखेटे छ्न। चोर भाग्दौ चाबहिलको चारुमती बिहारमा लुक्न पसेछ। तै पनि भाग्न नसकेर मुर्ती त्यही रहेको चैत्यमा राखेर भगेछ। पछि गणेशको मुर्ती फेला परे पछि लान खोज्दा उचाल्न नसके पछि त्यही राखी पुजा गर्न थालियो।
चन्द्रविनायक गणेशस्थानमा मन्दिरभित्र स्तुप रहेको छ । जसको समय ५ औ शताब्दी मानिएको र त्यही रहेको बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन हुन। यसले यो देवल लिच्छवीकालमै बनेको संकेत दिन्छ।यधपि गणेशको मूर्ति भने ९/ १० औ शताब्दीको अनुमान गरिएको छ। अझ हालको मन्दिर निर्माण भने मध्यकालका राजा अमर मल्लले वि. सं. १५८६ - १६१९ (?) को बिचमा निर्माण गर्न लगाएको मानिन्छ ।
चन्द्र बिनायको आर्को रोचक पाटो भने यहाँको जात्रा हो। काठमाण्डू नगर बाहिर मनाइने थुप्रै जात्रा मध्य यहाको जात्रा बिशेष मानिन्छ। हरेक वर्ष सकिमना पुन्हि अर्थात् कार्तिक शुक्ल पूर्णिमाका दिन चावहिल गणेशको जात्रा गरिन्छ। यो जात्रा प्राचीन देवपाटन र पशुपति क्षेत्रमा मनाइन्छ। यसमा गणेश र भैरवको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरिन्छ। नगर परिक्रमाको क्रममा पशुपतिसहित मित्रपार्क, जयबागेश्वरी, इटापाखा, कुटुबुहाल, गंगाहिटी, चाबहिल चोक, चुच्चेपाटी, मैजुबहाल, चारुमति आदि ठाउँका दोबाटोमा पूजा तथा सिफल चौरमा खटलाई खेलाउने र जुदाउने गरिन्छ। यो जात्रा देवमाला वंशावली अनुसार ने स ८००- ८०४ मा राजा भूपतिन्द्र मल्लकि कान्छी रानीले सपनामा देखी, सोही अनुसार हाडी गाउँको धन गणेशलाइ तानेर चाबहिलमा स्थापना गरि जात्रा चलाइएको मानिन्छ।

_____________________________________________ ******* LIKE, SHARE & SUBSRIBE ****** ______________________________________________ Follow us for daily content: https://www.facebook.com/ourancientne​​... https://www.instagram.com/ancient_nep​​... https://www.youtube.com/channel/UCsm9​​... https://www.reddit.com/user/Ancient_N​​... https://ourancientnepal.blogspot.com/​​

https://vm.tiktok.com/ZSuveMFS/

https://www.youtube.com/watch?v=nv9bCNl8MFc&t=17s​​.

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal