तलेजु मन्दिर | Taleju Temple | ANCIENT NEPAL


 

काठमाडौंको तलेजु मन्दिर अन्य स्थानको तलेजुको मन्दिर भन्दा निकै नै आकर्षक र फरक रहेको छ। तलेजु देवी दक्षिण भारतमा श्रीरामको समयमा उत्पत्ति भएको र भारतबाट सिम्रौनगढ हुँदै भक्तपुरमा आइपुगेको मानिन्छ। अरु भन्दा ठूलो भएकाले ठ्यासफुमा यस मन्दिरलाइ "तव देवल" भनी लेखिएको छ र तलेजु नाम यस्कै नयाँ स्वरुप मानिन्छ। त्यहीँ देवि पछि नेपालमण्डल टुक्रा हुँदा यहाँका पहिलो राजा रत्न मल्लले नै बि.स १५५८मा स्थापना गरेका थिए। तर केही इतिहासकारका अनुसार तलेजु नेपालमण्डल कै पुरानो देवि मानेश्वरी नै तलेजु भएको मान्दछ्न।  अहिलेको यो भब्यरुप भने बि.स १६२० माघ १० मा महेन्द्र मल्लले बनाउन लगाएका थिए। पहिले मन्दिर भन्दा ठूलो घर बनाउन नपाइने भएको र प्रजाले ठूलो घर बनाउन थाले पछि महेन्द्र मल्लले यो मन्दिर अग्लो बनाएका थिए। यो मन्दिर तीन तहको १३ पेटि भएको मण्डलाकार स्वरुपमा रहेको छ। १९९० को भुकम्पबाट माथिल्ले तल्ला पुर्ण रुपमा भत्केकाले अहिलेको स्वरुप भने १९९६ मा जिर्णोद्वार गर्दा बनेको हो। दशैमा एकपटक दुर्गा पूजा को लागि सर्वसाधारणका लागि यो मन्दिर खुला रहनेछ। अन्य समयमा भने तान्त्रिक मन्त्रबाट दिक्षा लिएका पुजारी कर्माचार्यलेहरुले मात्रै यस मन्दिरमा पुजा गर्न पाउन्छन। यस मन्दिरमा बलि सहित थुप्रै गुप्त र तान्त्रिक विधीबाट तलेजुको पुजा उपसना गर्ने गरिन्छ।

WATCH VIDEO


_____________________________________________ ******* LIKE, SHARE & SUBSRIBE ****** ______________________________________________ Follow us for daily content: https://www.facebook.com/ourancientne​​... https://www.instagram.com/ancient_nep​​... https://www.youtube.com/channel/UCsm9​​... https://www.reddit.com/user/Ancient_N​​... https://ourancientnepal.blogspot.com/​​ https://vm.tiktok.com/ZSuveMFS/

https://www.youtube.com/watch?v=nv9bCNl8MFc&t=17s​​.

________________________ References: भाषा वाशावलि, नेपाल राष्ट्रिय पुस्तकालय Hanuman Dhoka Rajdurbar (Gautam Vajra Vajracharya)

Comments

Popular posts from this blog

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal