किन भारतले बुद्ध भारतमा जन्मेकाे भनेर प्रमाण देखाएको ? Actual facts about Birth of Buddha | ANCIENT NEPAL

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएकाे थियाे ।  

भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको छ ।यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । 



गौतम बुद्धको देश कहाँ हो भनि धेरै मान्छेहरुमा भ्रम रहेको छ। भारतले धेरै पल्ट भगवान गौतम बुद्धको जन्म भारतको पिपरहवा तिर भएको हो भनि भनेको छ। यसै सन्दर्भमा नेपाल सरकार भनि तेती व्यापक रुपमा लागेको देखिदैन्। नेपालमा बुद्धकाे जन्म भएको भए, भारतले किन बुद्ध भारतमै जन्मेकाे भनेर प्रमाण देखाएको हो त ?

 सन् १९६२-६५मा भएको उत्खान्दनमा भारतीय पुरात्त्वोविद देवला मिश्रले उत्खान्दन गर्नु भयो। यस समयमा थुप्रै महत्त्वपूर्ण सामाग्री प्राप्त भएका थिए जून बुद्ध जन्म भूमिको तथ्यलाई टेवा पुग्थो। तर उनीले प्राप्त गरेका सामानहरु गुप्त रुपमा भारतीको अर्का पुरात्वविद के.म. शिबस्त्वलाइ दिनुभयो। र नेपाल सरकारलाई भने सामान्य कुरा मात्र फेला परेको भनि उसै अनुसार प्रतिबेदन पेस गर्नु भियो। तेही सामग्री लिइ शिस्त्वले भने बुद्ध भारतमै जन्मेका हुन भनि प्रचार गरि राजनीतिको बल्यो एजेण्डा लिईं आफू राजनीतमा छिरे। बेलाइति सरकारले भारतको बिहारको थुप्रै ठाउँमा बुद्धको खोजी गरेको थियो। यही कुराको झझ्ल्को रहेको भारतिय नागरिकहरु बुद्ध भारतमै जन्मेको ठान्थे। यहि मौका र सामान्य हल्ला अनुमानका भरमा अझ पनि बुद्धको जन्मभूमिको खोजी भएको र बुद्ध भुमी भारत भनी रहेको मिथकलाइ नेपालबाट प्रप्त केही प्रमाण पेश गरि ठूलो चर्चा बटुलियो। 

यता नेपालमा भने मिश्रको तयार पारेको प्रतिबिदन सत्य नरहेको भने नेपाल पुरातत्व बिभागले अस्वकार गर्यो। यश पछि पनि बिभिन्न समयमा अनुसन्धान र उत्खनन प्राचिन कपिलवस्तुमा भयो र भइरहेको छ। 

 हालसालै पनि तिलौराकोटमा भयको उत्खंदानन बाट थुप्रै नया कुराहरु पत्ता लग्याका छन्। यदपि यो कुरा लिएर नेपाल सरकार संबेदनसिल रहेको छैन। 

अज्ञात रुपमा रहेको शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनीको खोजी सर्वप्रथम बडाहाकिम खड्ग शमशेरले सन् १८९६ मा गरेका थिए। र तत्कालीन समयमा डाक्टर फुहरर आएर उक्त अशोक स्तम्भको पाली भाषा ब्रम्ही लिपिको अभिलेख पढे, जसबाट शाक्यमुनी बुद्धको जन्मस्थल स्पष्ट भएको थियो। शताब्दीदेखि रहेको बुद्धको भ्रम अब हटेको थियो। त्यसपछि लुम्बिनीमा पि सि मुखर्जीले सन १८९८ मा थुप्रै उत्खनन गरे र उनले मायादेवी मन्दिर, अशोक स्तम्भका अन्य भाग तर यहाँ रहेका थुप्रै स्तुप र पोखरीहरू उत्खनन गरी निकालि बुद्ध भूमिको प्रमाणलाई स्पष्ट पारीदीए।

 

यस सन्दर्भमा भारतले बुद्धको जन्म भारतमै भएको हो भने ता पनि सन २०१४ मा सयुक्त राष्ट्रसंघले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र उनको आफ्नो राज्य नेपालको तिलौराकोटमा भयको हो भनि पुस्टि मान्यता दिएको छ। यसको अलावा अरु विभिन्न प्रमाणले बुद्धको जन्मले २७ बर्ष बिताएको सहरलाई विश्व सम्पादा सुचिमा राख्ने तयारी भइ रहेको छ।


 हामीले सहित्येक स्रोत हेर्ने हो भनि पनि बुद्धको जन्म बारे प्राचिन बौद्ध साहित्यहरुको व्यखा अनुसार गौतम बुद्धको जन्म हिमालयको फेदमा भएको थियो। बुद्धको राज्यको पश्चिम पट्टि राप्ती र पूर्वमा रोहिणी नदि तथा भगिरथ नदीको छेउमा सातवटा पर्खालले घेरेको थियो भनि उलेख रहेको छ। यस कुराको पुस्टि गर्न ब्रिटिस्ट इस्ट इंडिया सरकारले भारतको गुजरात तथा बिहारतिर बुद्धजन्म भुमि खोज्यो तर भेट्न असफल रह्यो। पछि खोज्दा नेपालको तिलौरा कोटमा यहीँ अनुसारको ठाँउमा पत्ता लागेको थियो।


ईसा पूर्व ६२३ मा बुद्धको जन्म लुम्बिनीमा भएको ईतिहास ईसा पूर्व २४९ मा सम्राट अशोकको आगमन पछि राखिएको अशोक स्तम्भले प्रमाणित गरायो । त्यस पछि बिभिन्न समयमा बिभिन्न भिक्षु तथा श्रद्धालुले लुम्बिनीको भ्रमण गरे । चौथो शताब्दीमा Seng-Tsai र Fa-Hsien, सातौ शताब्दीमा Hsuan-Tsang ले भ्रमण गरेका थिए भने चौधौ शताब्दीमा राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेको प्रमाणहरु भेटिएको छ । यसरी समय समयमा बिभिन्न ब्यक्तित्वले भ्रमण गरेको भए तापनि जंगलमा बिलुप्त रहेको यो स्थानमा बि.सं. १९५२ मा पाल्पाका बडाहाकिम खड्कशम्शेरको अनुमतिमा उनकै साथ अन्वेषणमा पुगेका पुरातत्ववेद Alois Anton Fuhrer नआएका भए शायद रहस्यमा नै रहन सक्थ्यो । बि.सं. १९७६ मा केशर शम्शेरले यस स्थानको भ्रमण गर्नुका साथै यस स्थानमा रहेको जंगल फडानी गराई सुरक्षित गर्ने प्रयासको थालनी गरेका थिए । पछि संयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमण पछि लुम्विनी विकास परियाेजनाको थालनी भयो । २०५३ बाट विश्व सम्पदा सूचीमा सूचिकृत हुन पुग्यो ।

References:
ne.wikipedia.org/wiki/लुम्बिनी
https://www.bbc.com/nepali/news-49521909
https://bodhitv.tv/article/171204a/

Nepālako kalā ra purātattva, Premakumāra Khatrī

https://www.facebook.com/ourancientnepal/photos/a.267132867547733/819048412356173/
https://youtu.be/MRPORRl_A1M 
https://www.himalkhabar.com/news/123094?fbclid=IwAR2VN0p7mZjF-1MgvWuOnuzzala8WiqD_mg0ZbnKkJgx2eDHR6WvJvO3EtU


______________

Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://ourancientnepal.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/

____________________________

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal

किरातकालको पाटन दरबार | Patan Darbar | Ancient Nepal