जनैपूर्णिमा । रक्षाबन्धन | Janai purnima | Rashya Bandan | ANCIENT NEPAL


 चन्द्रमास अनुसार श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भन्ने गरिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिका पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित (संस्कृत संधि विच्छेद= यज्ञ+उपवीत) अर्थात जनै लगाउने चलन रहि आएको छ । त्यस दिन बिहानै नदी, तलाउमा गई  नुहाएर चोखो भई, गाईको गोबर तथा चोखो स्थानको माटोले कुशपानी लगाई विधिपूर्वक जनै फेरि सम्पन्न गरिन्छ ।  यस दिन विभिन्न समुदायका मानिसहरुले आ-आफ्नो तरिकाले यो चाड मनाउने गर्दछन्। यसै दिन सूर्यबाट वेद प्राप्त भएको कारण यसै दिनबाट वेद पढ्न सुरुवात गर्ने गरिछ। आजैका दिनबाट बेदहरु श्रवण गर्ने चलन पनि रहेको छ। त्यसैले यसलाई कतिपयले गुरुपूर्णिमाको रुपमा पनि लिने गरेका छन्।

WATCH HERE: JANAI PURNIMA VIDEO

 साथै पहाडी क्षेत्रमा रहेका धामीहरुले यस दिन पवित्र तीर्थस्थल वा गोसाइकुण्डमा गई आफ्नो मन्त्रहरु उच्चारण गर्ने, प्राणप्रतिष्ठा गर्न, शक्ति भर्ने काम गर्दछन्। यस्तै मुक्तिनाथ क्षेत्रमा भने खसानि क्षेत्रका मानिसहरु जम्मा भई घोडा दौडाउने गर्दछन्। यसैगरी काठमाडौ उपत्यकामा भने विशेषगरी नेवार समुदायले गुंलाथ्व पुन्ही,क्वाँती पुर्णिमा,गुम्पुन्ही  रूपमा मनाउने गर्दछन्। यो नेपाल संवत् अनुसार गुंलाथ्व पुन्हीमा मनाउने गरिन्छ। नेवार समुदायका हिन्दू द्विज तागाधारी जाती राजोपाध्याय ब्राह्मणक्षेत्री (छ-थरी) श्रेष्ठहरूले संकल्प गरी नयाँ जनै लगाउने चलन छ भने सबैले आजकै दिन परम्परानुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यस समुदायले विशेषगरी क्वाँति खाने र विभिन्न देवीदेवताहरुलाई पूजागरि मनाउने गर्दछन्।  विशेषगरी नेवारहरूको ज्यापु समाजमा ब्याँजा नकेगुको रूपमा  भ्यागुतोलाई भात खुवाउने चलन रहेको छ। उनीहरुले पातमा गेडागुडी, मासु तथा विभिन्न थरीका खानेकुराहरु मिसाई भ्यागुतालाई दिने गर्दछन्। यसैगरी आजको दिनमा देशभरिकै विभिन्न तीर्थस्थलहरु भीड लाग्ने गर्दछ विशेषगरी काठमाडौंको पशुपतिनाथ, रसुवाको गोसाइँकुण्ड, पाटनको कुम्भेश्वर, जनकपुरको गंगासागर, सोलुखुम्बुको दुधकुण्ड, खोटाङको हलेसी जस्ता तीर्थस्थलहरुमा ठुलो रुपमा मेला लाग्ने गर्दछ।


जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ। यज्ञोपवित भनेको शरीरको माथिल्लो भागमा लगाउने एक प्रकारको धागो हो। यज्ञोपवितलाइ आगोको तापबाट बचाउनको लागि लगाउने भनेर पनि भनिन्छ यद्यपि  यज्ञोपवित लई भने यज्ञ गर्न योग्य भएको मानिसको योग्यताको रुपमा चिनिन्छ।  जो व्यक्तिले यज्ञोपवित लगाउँछ उ याेग्य र पवित्र हुन्छ। जब बालकको उपनयन संस्कार अथवा वर्तमान हुन्छ तब मात्र उसले जनै लगाउन पाउँछ। चार वर्ण मध्ये शुद्र बाहेक अरु जातिहरूले जनै लगाउन पाउने नियम छ। यद्यपि त्यस समयमा भने वर्णाश्रम व्यवस्था जन्मको आधारमा नभई कामको आधारमा हुने गर्दथियो। त्यसैले आफूले गरेको काम अनुसार उनीहरूको वर्णाश्रम व्यवस्था थियो र त्यसअन्तर्गत उनीहरुले जनाई लगाउँथे। विशेषगरी ब्राह्मण वर्गलाई कपासको जनाई, क्षेत्रीलाई रेशमको, वैश्यले उनको जनै लगाउने चलन रहेको थियो। तर पछिल्लो समयमा पनि प्राय सबैले कपास कै जनै लगाउने गर्दछन्।

प्राचीन नेपालमा ३ धागोको जनै हुन्थ्यो। जसलाई योग्य भएपछि मात्र वा बर्तबन्ध पछि मात्र लगाउने गरिन्थ्यो। व्रतबन्ध गरेपछि लगाइएको यस धागोले योग्य भएको र ३ ऋण रहेका सम्झना गराउँथ्यो। हिन्दू शास्त्र अनुसार ३ ऋणहरु पितृ ऋण,देव ऋण र ऋषि हुन। कतैकतै भने ३ धागोलाई ब्रह्मा, विष्णु र महेश्वर पनि भनेको छ र कतै कर्म, उपासना र ज्ञानका प्रतिक मानिन्छ । केही इतिहासकारहरूको अनुसार जनैको धागो विद्या अनुसार हुन्थ्यो। जस्तै ३ धागो जनै लगाउने व्यक्तिहरू सामान्य, ६ वटा डोरी भएका जनै लगाउने व्यक्तिहरुको ज्ञान विशिष्ट र ९ वटा सम्म डोरी भएको जनाई लगाउँथे सर्वोत्तम तथा निकै नै ज्ञान भएका पुरुषहरु हुन्थे। ९ वटा डोरी भएको जनैको  प्रतीक चाहिँ ब्रह्मा, विष्णु, महेश, देवऋण, पितृऋण ,ऋषिऋण, सत्व, रज र तम मानिन्छ। वर्षमा एकचोटि मन्त्र भनेर जनैमा प्राण प्रतिष्ठा गर्ने गरिन्छ। नेपालको तराई क्षेत्रमा र हाल अरु क्षेत्रमा राखी बाँध्ने चलन रहेको छ। उक्त चलन भारतबाट चल्दै आएको देखिन्छ।  यद्यपि यसै दिन हातमा डोरो बाँध्ने पनि गरिन्छ। वैदिक साहित्यमा रहेको एक कथा अनुसार जब असुरहरुले राजा इन्द्रको सिहासन कब्जा गरे तब इन्द्र त्यहाँबाट गई बृहस्पतिलाई भेटे र बृहस्पतिले मन्त्र गरेर पठाइएको धागोलाई आफ्नो पत्नी सचिवबाट आफ्नो हातमा लगाएर उनीले बज्र प्रहार गरी युद्ध जिते। तेस दिनदेखि श्रावण पूर्णिमाको  दिन  हरेक पतिले पत्नीको हातबाट धागो बाँध्ने गर्दछन्। 



यसैगरी रक्षा बन्धनमा भने अर्कै कथा चलिरहेको छ। जसअनुसार कोही व्यक्तिले रक्षाबन्धन बाधेको छ भने उसको मृत्युपछि उसले नर्कमा सजाय भोग्नु पर्दैन। साथै यो बानेको डोरी लक्ष्मीपूजाको दिन गाइको पुच्छरमा बाँध्यो भनी पनि नर्कमा रहेका विभिन्न दुःखबाट पार पाइने मान्यता छ। यस्तो पवित्र धागो जो पतिले पत्नीलाई  दिदि बहिनीले आफ्नो दाजुभाइले लगाउछन उनीहरूको सदैव रक्षा हुन्छ यसैकारण यसलाई रक्षाबन्धन भनिन्छ।

______________

Follow us for daily content:

https://youtu.be/LeT1a5gvGjY

https://www.facebook.com/ourancientnepal

https://www.instagram.com/ancient_nepal/?hl=ne

https://www.youtube.com/channel/UCsm9...

https://www.reddit.com/user/Ancient_N...

https://ourancientnepal.blogspot.com/

https://vm.tiktok.com/ZSuveMFS/

____________________

Click here to watch:



Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal