हिरण्यवर्ण महाविहार पाटन | Hiranyavarna Mahabihar, Golden temple, Patan, Nepal| Ancient Nepal
![]() |
हिरण्यवर्ण महाविहार, पाटन (Golden temple) |
भास्करदेव संस्कारित- हिरण्यवर्ण महाविहार, हर्ष बर्ण महाविहार, हेमबर्ण महाविहार, हिरण्यवर्ण महाविहार पाटनको क्वा बहाल अथात क्वालखुटोलमा रहेको छ। यस महाबिहार बाह्रौँ शताब्दीमा बनेको भने ता पनि यो कुराको पुष्टि हुन भने अझै पनि बाँकी रहेको छ। हिरण्यवर्ण भन्नाले सुनले बनेको बिहार हो। मध्यकालमा जब यहाँका बासिन्दाहरु लास्सा वा भोट जान्थे तब उनीहरुले आएको सुन यहाँ चढाउँथे, त्यसकारण यसलाई यस ठाउँ सुनैलो भएको कारणले यसलाइ हिरण्यवर्ण महाविहार भन्न थालियो।
यो महाविहार धनी र पाटनको एक उत्कृष्ट महाविहारको रुपमा मानिन्छ। यस विहारको करिब १४ वटा शाखाहरु रहेका छन् भने अन्य थुप्रै शाखाहरु चैं स्वतन्त्र रुपमा चलेका छन्। केही वर्ष अगाडिसम्म यस बिहारको सम्बन्ध भोजपुर, दोलखा तथा पाल्पाका पनि रहेको पाइन्थ्यो। यसको पुष्टि ने.सं ६५३ मा एक व्यक्तिले सुनको गहना चडाएकोबाट हुन्छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
यो विहार कस्ले बनायो?
यो कसले बनायो र कत्ति पुरानो छ भन्ने कुरामा सधैं तर्क भइरहेको हुन्छ। किनभने आजसम्म यो कुरा प्रमाणित हुन सकेको छैन।
किंवदन्ती अनुसार राज भाष्कर वर्माले एउटा सपनामा मुसाले बिरालोलाई लखेटिरहेको ठाउँमा मलाई राख्नु भनी बुद्धले भनेकाले सपना र जब उनले ठाउँ खोज्दा यही क्वालखुटोलमा उनले एक सुनौलो रङको मुसाले बिरालोलाई लखटेको देखे तर यहि ठाउँमा उनले बुद्धको मूर्ति स्थापना गरे। मुसा सुनौलो रंगको पाएका कारण पनि उनलाई हिरण्यवर्ण भनिएको भनेर मान्दछन्। र आजसम्म पनि यस बिहारमा मुसालाइ भोजन गराइन्छ। भोजन नगराएको अवस्थमा नराम्रो हुने मान्यता रहेको छ।
अर्को एक किंवदन्तीअनुसार राजा भस्करदेव कै पालामा चावहिलको पिंगल नामक स्थानमा मुर्ति माटोमुनी गाडेर रहेको र सो बुद्धको मूर्ति उनीले यहाँ ल्याएर स्थापना गरेका थिए।
अर्को एक किंवदन्तीअनुसार ५ हजार बर्ष अगाडि यस काठमाडौँ उपत्यकामा पानीले भरिएको कालि दह रहेको थियो। त्यसपछि महामन्जुश्रीले चोभारको डाँडा काटेर पानी फाली यहाँ बस्ति बसाल्नु भयो। त्यस्को धेरै समयपछि किराती राजा जितेदास्तीको पालामा शाक्यहरु उपत्यकामा आएर बसे। केही शाक्य परिवार यो बिहार भएको ठाउँमा पोखरी रहेको थियो। जुन पोखरीको बिच भागमा चैत्य रहेको थियो। पोखरी कै वरिपरि शाक्यहरु बसे र उन्का सन्तानहरू पनि यसरी नै बसे। पछि अशोकको छोरी चारुमती नेपालआइ पाटनको विभिन्न ठाउँमा अशोक स्तुप बनाएको देखि यो बाट प्रभावित भई शाक्यहरुले पनि हामी यहाँ बिहार बनाउन त भनेर यस रत्नाकर चैत्यको वरिपरी विहार बनाए जुन हिरण्यवर्ण महाविहार मानिन्छ। उक्त बिहारमा विभिन्न संस्कार गर्न थालियो। त्यसको करिब पन्ध्रसय वर्षपछि चाहिँ भाष्करदेवले पिंगल स्थानबाट मूर्ति स्थापना गरेपछि पनि पूजाआजा हुन थालेको मानिएको छ।
![]() |
Hiranyavarna Mahabihar, Lalitpur |
कुन समयको ?
पुरात्त्विक प्रमाणहरु हेर्दा यो लिच्छविकालिन मान्न सकिन्छ। यसको बिचमा रहेको चैत्य लिच्छविकालिन् मानिएको छ। तर यहाँ प्राप्त सबैभन्दा पुरानो अभिलेख पनि नेपाल संवत् ५१९अभिलेख रहेको छ भने त्यसपछि अर्को अभिलेखमा चाहि नेपाल सम्वत ६४५को यहाँ कडाएको भाडामा कुदिएको अभिलेख रहेको छ। यसबाट हामीले के थाहा पाउन सक्छ्म भने यो बिहार उत्तर लिच्छविकालका या पूर्वमध्यकालमै बनेको हो। तर अहिलेको यो स्वरुप चाहिँ १९ औं शताब्दीको रहेको छ। हिरण्यवर्ण को पहिलो प्रसङ्ग भने नेपाल सम्बत २०२ को एक ताम्रपत्रमा परेको छ। यस्तै उल्लेख चाहिँ गुनुकामदेव समयको एक पुष्पिकावाक्यमा परे तापनि यसको लेखन मिती नभएका कारण यो कहिलेको हो भनी यकिन छैन।
यस बिहारमा १२ वर्षमुनिका पुजारीहरू मात्र बस्न पाउँछन् जुन प्रथा जयस्थिति मल्लको पालादेखि चलेको मानिन्छ।यहाँ १२ बर्ष मुनिका बच्चाहरुको मात्र पुजारी रहे भन्ने कुरामा एउटा किम्वदन्ती रहिआएको छ। जसको अनुसार जब किराँतीहरुले आक्रमण गरे तब किराँती राजाले चाहिं सबै १२ वर्षभन्दा माथिको मान्छेलाई मार्ने आदेश दिएका थिए। त्यसैकारण यस तत्कालीन मन्दिरको पुजारीले आफ्नो १२ वर्षीय छोरालाई भगवानको सेवा गर्न पठाएँ तर जति सेवा गर्दा पनि भगवान नआएका कारण ती बालक रुन थाल्यो। बालक रोहेको सुनेर भगवान बुद्ध प्रकट हुनुभयो र उक्त बालकलाई घरमा गएर भात पकाउ र त्यो भातबाट माउरी निस्कीने छ र राजा मारिने छ। जसको कारण तिमीहरूको जित हुन्छ भन्नुभयो। सोही अनुरुप उक्त बच्चाले भात पकायो र माउरी नै उत्पन्न भयो जसको कारण उनीहरूको जीत भयो। यो चमत्कार देखि त्यस समयदेखि नै १२ वर्षभन्दा मुनिका बच्चाहरुले यहाँ पूजारि राख्ने गर्दछन।
![]() |
१२ वर्षमुनिका पुजारी (Vai Setopati) |
यस विहारको बीचमा एउटा लिच्छविकालीन चैत्य रहेको छ। जसलाई स्यम्भु रत्न चैत्य (देगु द्य:) भनि कुलदेवताको रुपमा पूजा गरिन्छ। महायान बौद्धको स्वर्ण अक्षरमा लेखिएको यहाँ रहेको अष्ट्सहस्रिका प्रज्ञापारमिता ने.सं ३४५ मा अभिय मल्लको पालामा भिक्षु श्रध्देयलाइ लेख्न लगाइएको मानिन्छ, जुन हरेक दिन पाठ हुन्छ। यहाँ निर्मित गुम्बा उन्नाइसौं शताब्दीमा निर्मित हो जहाँ पाँच फिट अग्लो अमिघपास लोकेश्वर रहेका छ्न। यहाँ अन्य कलाकृतिहरूमा स्वयम्भु चैत्य, आर्यनामसंगीति, वज्रस्त्व, महांकाल, योगाम्बर, आर्यतारा आदि देख्न सकिन्छ। यस्तै यहाँ रहेको एक मुख्य आकर्षण भने १९९४मा श्रीलंकाबाट भगवान बुद्धको अस्तिधातु पनि रहेको छ जुन बुद्धजयन्तीको अवसरमा वर्षमा एकपटक मात्र प्रदर्शनमा राख्ने गरिन्छ। यस्तो अस्तिधातु अन्धकुटी बिहारमा पनि रहेको छ र त्यहाँ पनि बुद्ध पुर्णिामामा मात्र देखाइन्छ।
यस बिहारको हो मुख्यत यता भने अक्षोभ बुद्ध हुन् जसलाई क्वापा ध्य: भनिन्छ तर मूर्तिलाई गहनाले छोपेर राख्ने भएका कारण कसैले शाक्यमुनि मुद्दा र कतिपयले बज्रधर मानेका छन्। तापनि यसको तोरणमा अक्षय बुद्ध नै देख्न सकिन्छ। यहाँका ढोकाहरुमा पद्मपाणि, बज्रपाणी, लोकेश्वरहरुका मूर्ति पनि देख्न सकिन्। साथै तान्त्रिक देवीहरु तथा सिंहनाद लोकेश्वर, सिंहनाद लोकेश्वर, प्रज्ञापारमिता, षडाकसरी लोकेश्वर आदि विभिन्न आकृतिहरु पनि देख्न सकिन्छ। यो मन्दिरको छानाहरुमा तान्त्रिक देवीदेवताका आकृति तथा मन्दिरको छानामा १३ वडा स्वर्ण चैत्य गजुरको रुप पनि देख्न सकिन्छ।
![]() |
अष्ट्सहस्रिका प्रज्ञापारमिता, Golden Temple Patan |
यो नेपालको एउटा मात्रै यस्तो विहार हो जहाँ चाँदीको तोरण रहेको छ। यस विहारमा निकै महत्वपूर्ण कुराहरु संग्रह गरेर राखिएको छ । कतिपय कुराहरु दानमा चढाएका छन् भने कतिपय चिजहरु घरमा भन्दा यहाँ सुरक्षित हुने भएकाले स्थानीयले ल्याएर राखेका छन्। केही चाहिँ अशंवडा गर्दा यहा ल्याएर राखेका छ्न। त्यसैले यो विहारमा थुप्रै पुराना तथा महत्वपूर्ण कला कृतिहरुको रहेका छन्।
REFERENCE:
Comments
Post a Comment