कलशलाइ किन पुजा गर्ने ? Why to worship Kalash not Idol? | Ancient Nepal


 

गुहेश्वोरी अन्नपूर्ण जस्ता मन्दिरमा किन मुर्ति पुजा नगरी कलशको पुजा हुन्छ त ? नेपाली संस्कृति तथा परम्परामा कलशको  निकै महत्व रहिआएको छ। विभिन्न शुभ कार्य गर्दा होस् या अन्य विभिन्न कार्यक्रम गर्दा, शुभ होस भनी कलश राख्ने चलन रहेको छ। साथै कुनैपनि देवीदेवताको पूजा आराधना गर्दा देवतालाई कलसमा नै आह्वान गर्ने गरिएको पनि पाइन्छ भने गणेश र कुबेर जस्ता देवता पनि कलश मै पुजा गरिन्छ। 

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 



 जल सहितको  कलश जितको प्रतीकको रुपमा मानिन्छ। अझै देवि आव्हानको कुरा गर्दै हेर्ने हो भने जसरी कलशमा पानी भएपछि यो पूर्ण हुन्छ त्यसरी नै शरीरमा आत्मा भएपछि त्यो पूर्ण हुन्छ। 
खाली घडा या कलशको कुनै पनि महत्व हुँदैन जबसम्म त्यसमा केही भरिदैन। हुनतः कलश भित्र रहेको पानीलाई अमृत कै दर्जा दिइन्छ। त्यसैले नै होला यसबाट निस्केको जलले सबै कुरा पवित्र पार्ने तथा शुद्धीकरण हुन्छ। र कलशको टुप्पोबाट नया जीवन सुरु हुन्छ भने यहि टुप्पोबाट जीवनको समापन हुन्छ ।



प्राचीन समयमा घट पनि भनिने गरिन्थ्यो कलशलाइ। घट भनेको विशेष गरि माटोको घडालाई मानिन्थो। कलश बनाउने तरिका स्कन्द पुराणमा रहेको छ। जसको अनुसार ५० अंगुल बाटुलो वा गोलाकार, १६ अंगुल उचाइ भएको र ८ अंगुल मुख भएको कलशलाई उत्तम मानिन्छ। पहिला पहिला माटोको मात्र बनाउने गरेको घडा समयअनुसार सुन, चाँदी, पित्तल र अन्य थुप्रै धातुहरूबाट बनाउने चलन चलेको पाइन्छ। 

यसैगरी बौद्ध बज्रयान सम्प्रदायमा पनि यसको प्रयोग हुन्छ र बज्रयानमा विशेष गरी चार प्रकारका कलशहरू पाइन्छ। जसलाई ४ सागरको प्रतीक मानिन्छ। तर दु:खको कुरा भने बौद्ध कलशको बारे त्यति अनुशन्धान भएको देखिदैन।

अब कलश शब्द काहाबाट उत्पति भयो भन्ने कुरामा ऋग्वेदमा एक कविको नाम कलश रहेको छ, जसबाट यसको प्राचीनता बोध हुन्छ। साथै महाभारतमा पनि एक सेनाको नाम कलशोदार रहेको थियो। यस्का साथै भारतीय उपमहाद्वीप मात्र नभई ल्याटिन र ग्रीक भाषामा पनि कलश भएको पाइन्छ। तर विशेषगरी कलशलाइ बुझाउने प्राचीन संस्कृत शब्द घट नै हो। मानिसले सुरुसुरुमा माटाका भाडा प्रयोग गर्ने गर्दथे। तर समय अनुसार अन्य सामानबाट पनि सामान बनाउन थालियो। त्यसैले अहिले विशेषगरि धातुको कलश पाइन्छ।




हामीले गंगा यमुनाकोमूर्तिहरुमा पनि देख्न सकिन्छ जहाँ उनको हातमा पूर्ण कलश वा कमलको फूल हुन्छ। नेपालमा पनि यो कुरा व्यापक रुपमा चलेको पाइन्छ। लिच्छविकालमा प्राप्त पुर्ण कलशका साथै नरेन्द्रदेवको पनि कुरा आउन्छ। मल्लकालमा तुलजा भवानीका साथै अन्य ठाउँमा पनि देखिन थालियो। सानै रुपमा प्रयोग हुदै बिस्तारैबिस्तारै नेपालमा मन्दिरमा नै कलश स्थापना गरेर पूजा गर्ने चलन पनि चलेको पाइन्छ। भक्तपुर र पशुपति नेरिका वत्शाला देवि, गुहेश्वोरी यसको उदाहरण हो।

 यदि हामीले कलशको विकासक्रम हेर्ने हो भने सबैभन्दा पहिला कलशलाइ ब्राह्मण भनेको पाइन्छ। यसको उदाहरण अगस्त्य ऋषिलाई कलशयनी भनिएको पाइन्छ। यस्तै बिस्तारै यसलाई मण्डल या मन्दिरको रूपमा पूजा गर्दै जान थालियो। र पछि यसलाइ सजिलै बोक्न मिल्ने मन्दिर वा देवताका रुपमा पुजिन थालियो। यसलाई मण्डलको रुपमा स्थापना गरी जहाँ पनि भगवानलाई आव्हान गर्ने गरियो। त्यसैले कलश र त्यसको वरिपरि देवताहरूले सधैभरी बास गर्ने तथा उपस्थिति हुने भन्ने हिन्दु मान्यता रहेको छ। 




अब कसले कुन देवता कलश सँग सम्बन्धित छन भनेर कुरा गर्ने हो भने थुप्रै देवताहरूले प्रयोग गरेको पाइन्छ भगवान विष्णु, भैषज्य, वशुन्धरा, कुबेर, लक्ष्मी तथा विभिन्न देवताहरूले देवताहरुको मूर्तिकलामा देख्न पाइन्छ।

विशेषगरी कलश कै कुरा गर्ने हो भने दशैंमा यसको विशेष महत्व रहेको पाइन्छ। घटस्थापनाको दिनमा जमरा रोप्ने क्रममा कलशको पनि स्थापना गरिन्छ। साथै देवीदेवता आह्वान गरेर पूजा गर्ने गरिन्छ र यसका साथै यसलाई हरेक दिन पूजापाठ पनि गर्ने गरिन्छ। किनभने कलशमा देबि लाई आह्वान गरेर पूजा गरिराखेको हुन्छ। दशैंको घटस्थापनामा देवीलाई आह्वान गरेर कलशमा राखि राखेर पूजा गरिन्छ र टिका सकेपछि त्यसलाई विस्तापित गरिन्छ। प्रतीकात्मक अर्थ भने जसरी शरिरमा आत्मा छिरेपछि त्यो जीवित हुन्छ र त्यो आत्मा छोडेर गएको थिएँ त्यो शरीर काम नलाग्ने हुन्छ र जन्मे पछि मर्नु पर्छ जस्ता कुराका रुपमा लिन सकिन्छ।

___________________________________________________
FOLLOW US FOR MORE Facebook:       https://www.facebook.com/ourancientne...
Instagrram:     https://www.instagram.com/ancient_nep... Youtube:         https://www.youtube.com/channel/UCsm9... Reddit:            https://www.reddit.com/user/Ancient_N... Blogger:          https://pragyaji.blogspot.com/
Tiktok:               https://vm.tiktok.com/ZSuveMFS/

___________________________________________________
REFERENCE

Nepali kala(GP  2060/6/5), Milan Shakya
Asthamangal (1089N.S), Hemraj Shakya
Nepali Shaskritima Kalashko mathoo, Ganga Kharel
https://ne.wikipedia.org/wiki/%E0%A4%95%E0%A4%B2%E0%A4%B6
https://pragyaji.blogspot.com/2020/10/ghatstipana-ancient-nepal.html?fbclid=IwAR2N4YpXLERZUKVYdryI1l7wUYsngNMiZ-G0c7UrNIVIYYNHoL6soFck47o

Comments

Post a Comment

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal