ङातापोल मन्दिरका १० तथ्यहरु |10 Facts about tallest temple of Nepal



न्यातपोल मन्दिर

भक्तपुरको टौमढी टोलमा अवस्थित ङातापोल मन्दिर राजा भुपतिन्द्र मल्लले बनाएका हुन्। न्यातापोल, पाँचतल्ले आदि नामले पनि प्रख्यात यस मन्दिर नेपालकै अग्लो मन्दिरको रहेको छ। यसको उचाई १०८ फिट रहेको छ। तल यसै मन्दिरका १० तथ्यहरु दिएका छन्।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस



१. अहिलेको यस मन्दिर बनाउनु भन्दा पूर्व त्यहाँ पुरानो 'ङातापुल' नामक मन्दिर रहेको थियो। जुन सम्भवतः ने.स ८०१ को भूकम्पमा भत्किएको थियो। त्यस मन्दिर भत्केको लगभग २० वर्षपछि भूपतिन्द्र मल्लले त्यसैमाथि अहिलेको स्वरूप बनाएका हुन्।

२. यस्तो भव्य मन्दिर मात्र ६ महिना २१ दिनमा तयार भएको थियो। ने.स ८२२ पौष कृष्ण त्रयोदशी बुधबारका दिन सुरु भई अषाढ सुदि १ मा सम्पन्न भएको थियो। यसका लागि यहाँ वरिपरी भएका सबै व्यक्तिहरुले श्रमदान गरेका थिए। र यो बनाउनुपूर्व चाहिने सबै सामानहरू अड्कलेर ठिक्क पारि राखिएको थियो जस्को कारण यो चाडै बन्न सफल भयो।

३. यो मन्दिर पूरा निर्माण भएपछि २४ टोल बासी साथै यहाँका वरिपरिका गाउँका मानिस र ललितपुरका राजा सहित यज्ञ गरेका थिए। जसमा २० हजारभन्दा बढी मानिस थिए। यो यज्ञ मन्दिर अगाडिको डबलीमा गरिएको थियो। जस्को तातो अहिलेसम्म पनि रहेको मान्यता रहेको छ। त्यसैले कुनै बच्चालाई चिसो लाग्दा यहि ल्याइ डबलीमा राखिन्छ र चिसो जाने जनबिश्वास रहेको छ। 

४. यस निर्माणकार्यमा पाटनको पनि राम्रो साथ थियो तर कान्तिपुरसँग भने राम्रो सम्बन्धमा नभएका कारण कान्तिपुरका राजालाई बोलाइएको थिएन। यसै कारण कान्तिपुरका राजाले रिसमा यहाँ आक्रमण पनि गरेका थिए। साथै केही कान्तिपुरका कालीगढहरु लुकेर यहाँ काम गर्न आएका थिए। पछि तिनीहरूको सनाखत भएपछि राजाले तिनीहरूलाई देशनिकाला गरिदिएका थिए भनिन्छ।

Nyatapola Temple, Bhaktapur


५. अन्य मन्दिर जस्तै यस मन्दिर यहाँको देवि देवताले प्रख्यात नभई बनावटले प्रख्यात रहेको छ। नेपाल भाषामा 'ङातापोल' नाम रहेको यस मन्दिरको नाम नेपालीमा उल्था गर्दा 'ङाता' भनेको '५ तल्ला' र 'पोल' भनेको 'छाना' भन्ने बुझिन्छ।

६. यस मन्दिर किन निर्माण गरियो भन्दा एक किम्बदन्ती रहेको छ। जसको अनुसार यहाँ रहेका भैरव निक्कै नै उग्र भए र आतंक मच्चाएपछि उनलाई शान्त गर्न यहाँ सिद्धिलक्ष्मीको स्थापना गरेको मानिन्छ। किनभने एउटा पुरुषलाई महिलाले मात्रै तह लगाउन सक्ने भएकाले सिद्धिलक्ष्मीलाई यहाँ ल्याई भैरवलाई शान्त बनाएको मानिन्छ।

७. यस मन्दिर बनाउँदा स्वयं राजाले श्रमदान गरेका थिए। जग हाल्न सुरु गर्दा नै तीनवटा इट्टा बोकेर ल्याई जगमा जगमा हालेका थिए। र पछि पछि पनि उनले थुप्रै श्रमदान गरेका थिए।

८. १९९० को भूकम्पले यस मन्दिर सबैभन्दा माथिल्लो तल्ला पूर्णरुपमा क्षति भएको थियो। तर राजा महेन्द्रले २०१९ सालमा त्यसको जिर्णोद्दार गरेका थिए भने पछि २०५६ पनि यसको जिर्णोध्दार भएको थियो। त्यसैले होला २०७२को भुकम्पमा पनि यसलाई खासै क्षेती पुगेन।

९. यो मन्दिर निर्माण गर्न भक्तपुरका विभिन्न आठ ठाउँमा इट्टा भट्टा रहेका थिए। जसबाट इट्टा पोलेर निर्माण का लागि सामग्रीहरु बन्ने गर्दथ्यो। यस्तै मन्दिरमा ४० धार्नीको सुनको जलप लगाएको गजुर पनि राखिएको छ। साथै यसको निर्माण कार्य सकेपछि यहाँका पूजारीहरुलाई सुनको मुकुट पनि चढाइएको थियो।

१०. यस मन्दिरमा रहेको देवीलाई गुप्त रुपले पूजा गरिन्छ। यहाँ ९ मुख १६ हात भएकि सिद्धिलक्ष्मीको मुर्ति पुजारी बाहेक अरु कसैले पनि हेर्न मनाइछ। हुन त केही मानिसहरूको अनुसार यहाँ भित्र कुनै पनि देवी रहेकी छैनन्। मच्छिन्द्रनाथलाई भक्तपुर ल्याउदा राखिने ठाउ भएकाले यसको गर्भस्थान खाली रहेको छ। तर यस मन्दिर मल्लकालमा बनेको थियो भने मच्छिन्द्रनाथलाई भक्तपुर ल्याउने कुरा लिच्छवीकालमै भएको थियो। जसकारण यो कुरा गलत छ। यद्यपि यही नजिक भएको मच्छिन्द्रनाथ ल्याउने राजा नरेन्द्रदेवको अभिलेख तथा उमामहेश्वरको मुर्तिको अनुशन्धान गर्ने हो भने अन्य कुरा फेला पर्न सक्छ। तर गर्भ स्थान खालि भएको कुरा भने झुट मात्र रहेको छ। 





Siddhāgni koṭyāhuti devala pratishṭhā: pān̐catale mandira/Nyātapolala Devalako nirmāṇa pratishṭhā kārya sambandhī abhilekha granthako anusandhānātmaka viśleshṇātmaka adhyayana, Janaka Lāla Vaidya (2004)

https://ekantipur.com/koseli/2019/10/26/157206477249029456.html?fbclid=IwAR3uijqcKQMuoieotUuBGbg3OdUnubeld4KPLzyDD3VzDZDrrxCfdyHO6TY

भक्तपुरका असुरक्षित अभिलेख, डा. पुरूषोत्तमलोचन श्रेष्ठ, Ancient Nepal (Number 147, June 2001)

Comments

  1. न्यातपोल भन्दा अगाडी "न्यातापुल" थियो भने.......न्यातपोल भनेर ५ छाना भन्ने बुझिन्छ.... तर "न्यातापुल" को अर्थ के हो?

    ReplyDelete
    Replies
    1. न्यातापुल भन्नाले ५ तल्ला भनेर भुझिन्छ। त्यसैले सायद त्यहा पहिला पाच तल्ले मन्दिर नै पो थियो कि
      यदि जग हेर्ने हो भने खुल्छ। तर एक भजन अनुसार मन्दिर बनाउन केहि जग्गा लिएको भनेर पनि परेको छ जसले त्यो पुरानोमंदिर सानो थियो भने बुझाउन्छ ।

      Delete

Post a Comment

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal