पशुपति | Pashupati | Ancient Nepal
फागुन कृष्णपक्ष चतुर्दशीको दिनमा मनाइने शिवरात्री नेपालभरी धुमधामसङ मनाइन्छ। यस दिन देशका सबै शैव मन्दिर र बिशेषगरि पशुपतीमा घुइँचो लाग्ने गर्दछ।
नेपालको उल्लेख हिमवतखण्ड र नेपाल माहात्म्यमा पाइन्छ। यी ग्रन्थलाइ स्कन्दपुराण अन्तरगत मानेकाले यसको समय भने ७ औं शताब्दी राख्न सकिन्छ। यद्यपि नेपालमा पौराणिक साहित्यको अभ्यास भने लिच्छविकाल मै भएको कुरा चागुनारायणको अभिलेखबाट थाहा पाउन सकिन्छ। यसरी आधार मान्दा नेपाल र पशुपति यो भुमिमा निकै पहिले देखि रहेको देखिन आउन्छ।
प्रमाणिक रुपमा पशुपति कसले स्थापना गर्यो भनेर कुनै प्रमाण छैन। गोपालराज वंशावलीमा गोपाल वंशले नै यस मन्दिरको स्थापना गरेको हो भनेर लेखिएको छ। यस्तै अन्य केही वंशावलीहरुमा भने राजा जयदेव वा सुपुष्पदेवले बनाएको भनिएको छ। अभिलेखको आदारमा हेर्ने हो भने पशुपति छेत्रमा मानदेव प्रथम देखिका अभिलेख पाइयका छ्न। र केही अभिलेख भने पुर्व लिच्छविकालका रहेको अनुमान छ। साथै पशुपतिको प्रयोग विभिन्न अभिलेख, मुद्र तथा ग्रन्थमा पाइनुले उक्त समयको यस देवलको महत्व थाहा पाउन सकिन्छ।
पौराणिक साहित्यको कुरा गर्ने हो भने नेपालको उल्लेख गर्दा बिशेष पशुपति र वाग्मतीको ओरिपरि नै लेखिएको पाइन्छ। पशुपतिलाई माथि मानी अरु विभिन्न लिङ्ग तथा उप लिङ्गहरुकोको उल्लेख नेपाल महात्म्यमा पाइन्छ। यस ग्रन्थको अनुसार नेमुनी क्षेत्रमा हजारौं त्यस्ता पबित्र ठाउँ रहेका छ्न र यसको अंशहरु साँढे ३ करोड तीर्थस्थलहरुको रुपमा रहेका छन्। यस्तै ६४ लिगहरु पनि रहेका छन भने २३२ वटा उप लिङ्गहरु रहेका छन्। यि सबै लिङ्गहरुको मूल पशुपति कै रुपमा व्यख्या गरिएको छ। यस्तै प्राचिन बौद्ध ग्रन्थमा पनि पशुपतिको उल्लेख रहेको छ। बौद्धहरुले मान्ने संसारका चार ठूला स्थान मध्य पशुपति पनि एक मानिएको छ भने स्वयंम पशुपतिलाई त्रैलोक्यवंशकर लोकेश्वर तथा आदि बुद्ध पनि मानिएका छ।
कथ अनुसार पशुपतिको उत्पन्न भएपछी ब्रम्हा विष्णुले पशुपतिलाई अब जाउ स्वर्गतिर भन्दा उनले मेरो उत्पत्ति यहीँ भएका कारण यो ज्यादै पबित्र क्षेत्र हो, यस क्षेत्रमा जो जन्मिन्छ उ मेरो र उमाको अंशको रूपमा जानिन्छ। यहाँ तपस्या गर्नाले सिद्ध प्राप्त गर्छ, यहाँ मेरो उत्पत्ती भएकोले यो तिनै लोकको मूल ठाउँ हो। यस्ता यस्ता कुरा स्वयं शिवले यश ठाउँको बारेमा भने भनेर पशुपति महात्म्यमा लेखिएको छ। त्यसपछि यी ठाउँमा पशुपति रहनुभएको र विभिन्न देवताहरु यहाँ आएर तपस्या गरेका गर्न थाले र इच्छा पुरा गर्न लागे। त्यसैकारण विश्वकर्माले यहाँ विभिन्न रत्न तथा सुनहरुले भब्यरुप दिए र यस ठाउँको नाम स्वर्णपुरी राखीदिए।
पौराणिक ग्रन्थमा तथा वंशावलीमा पशुपतिकोबारे थुप्रै जानकारी भएता पनि, स्थापना कल्ले गरियो भनेर यकिनका रुपमा जान्न सकिएको छैन। जे होस लिच्छविकालमा भने यो एक भव्य मन्दिरको रुपमा रेहेको थियो। ए. आर बनर्जीका अनुसार यस पशुपतिनाथ पहिला शिखर शैलीको थियो तर १० औं शताब्दीमा यो भत्कियो र नेपाली शैलीमा बनाइएको हो। एतिहासिक सामाग्री हेर्ने हो भने पशुपतिनाथमा विभिन्न समयमा विभिन्न राजाहरुले थुप्रै चिजहरु चढाएको पाईन्छ। सुपुष्पले मन्दिर बनाएको तथा बृषदेव, गणदेव, नरेन्द्रदेव, गुणकामदेव जस्ता लिच्छविकालका राजाहरुले यहाँ थुप्रै दान तथा जिर्णोध्दार गरेको थिए। यस्तै शिवदेवले तामाको छानाले हालेका थिए।
समयसंगै थुप्रै पल्ट यस मन्दिरमा प्राकृतिक र सैन्य आक्रमण भएको थियो। १४ औं शताब्दीमा समसुद्दिनले यस पशुपतिनाथलाई मुल लिगलाइ तरवारले काटी तीन टुक्रा पारेका थिए। त्यसपछि अहिलेको यो लिंगलाई जयसिंह रामवधनले स्थापना गरेका हुन। र यो अहिलेको मन्दिरको स्वरुप भने शिवसिंह मल्लकी रानी गंगा रानीले गरिएको मानिन्छ। तीन छाना रहेको मन्दिरको एक छानो झिकी दुईतल्ले छानो युक्त मन्दिर बनाएकी थिइन्।
यस्ता थप घट पशुपतिमा लिच्छवीकालदेखि मल्लकाल र शाहकालमा समेत भएको थियो।
______________
Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://pragyaji.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/
https://anchor.fm/ancient-nepal/episodes/Origin-of-name-khwopa--Ancient-Nepal-eqvn9u/a-a4o1hc5
References:
Skinda Puran
Pashupati matmaya
pashupati puran
vhasa vamshabali, 2020 National Archive
Comments
Post a Comment