पचपन्नझ्याले दरवार | 55 Window palace Bhaktapur| Ancient Nepal



पचपन्नझ्याले दरवार नामले भनेझैँ ५५ वटा झयाल भएको यो दरवार काष्ठकलाको एक उत्कृष्ट नमुना हो। नेवारी भाषामा यस दरवारलाइ ङेङापा झ्या भनिन्छ जसको नेपाली अनुवाद पचपन्नझ्याले दरवार हुन्छ। यो दरबार भएको ठाँउमा जितामित्र मल्लले बि.स १७३५ मा थंथु दरवार बनएका थिए। तर बनाएको ३ बर्ष पछि भुकम्पले यो दरवार ढलेको थियो। त्यही भत्केको दरवारको जग माथि राजा भूपतिन्द्र मल्लले नयाँ दरवार बनाउन लगाएका थिए जसलाई पचपन्ने झ्याले दरवार भनिन्छ। यो दरवार बनाउन ५४ बर्ष लागेकोले यस दरवार भुपतिन्द्र मल्लका छोरा रणजित मल्लको पालामा सम्पन्न भएको थियो। रणजित मल्लको पालामा यसमा ५२ वटा मात्र झ्याल थिए भने राणाकालमा यसलाई बनाउदा यस दरवारको स्वरुपमा केही परविर्तन गरि ५५ झ्यालको बनाइयो। यस दरवारको कलाकृतीहरुमा बिशेष तान्त्रिक शैव, शाक्त, बैष्णब र स्वयं भुपतिन्द्र मल्लको बढी प्रभाव भएको पाइन्छ। दरवारको पहिलो तल्लामा भव्य शिवशक्तिमय विश्वरुपको भित्ते चित्र छ जहाँ अनुहार भने भुपतिन्द्र मल्ल र उनका रानी विश्वलक्ष्मीको रहेको छ। यहाँ रहेको भित्ते चित्रमा रामायण र कृष्ण लिलाका चित्रहरु देख्न पाइन्छ भने ने. सं. ८२८ मा तराईको जङ्गलमा राजाले शिकार गरेको चित्र पनि रहेको छ। यहाँ रहेका चित्रहरु समयसंगै हराउँदै गएका छ्न। यस दरवारसंगै रहेका अन्य भक्तपुर दरवारका भित्ते चित्रहरु केही दशक पछि हराउने छन। यस दरवारको आर्को उत्कृष्ट कला भनेको यहाँ प्रप्त १४७ वटा चित्रमय राग रागिनी हुन्।दरवारको दक्षिण पट्टि रहेको काष्ठको कार्निसमा रहेका राग रागिनी प्राचीन संगीतका नमुनाहरु हुन।यस दरवारले मुख्यतया बि.स १८६७, १८९०, १९९० को भुकम्पमा बढी क्षेति बेहोर्नु परेको थियो।


Follow us for daily content: https://www.facebook.com/ourancientne​​... https://www.instagram.com/ancient_nep​​... https://www.youtube.com/channel/UCsm9​​... https://www.reddit.com/user/Ancient_N​​... https://ourancientnepal.blogspot.com/​​

https://vm.tiktok.com/ZSuveMFS/

https://www.youtube.com/watch?v=nv9bCNl8MFc&t=17s​​

https://youtu.be/E3kuTwIHeLs

NOTE: All the media use in this video are taken from internet. So, credit goes to respective creators. ________________________ References: भाषा वाशावलि, नेपाल राष्ट्रिय पुस्तकालय

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal