Posts

कसरी सुरु भयो स्वस्थानी कथा?

आजबाट श्रीस्वस्थानी ब्रतकथा सुरु भएको छ। पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा , एक महिनासम्म यो व्रत लिने गरिन्छ। यस व्रत विधिमा माधवनारायणको पूजा गरिन्छ भने नेपालीहरुले स्वस्थानीको व्रत कथा सुन्ने गर्दछन्। यो स्वस्थानी कथा कहाँबाट उत्पत्ति भयो भन्ने कुरामा अझै पनि थुप्रै मत रहेका छन्। तर स्वस्थानी कथा भने नेपालमै उत्पत्ति भएकोमा दुई मत छैन। स्वस्थानीमा वर्णन गरेका कथा शिव पार्वतीको आस पास गुम्ने भएकाले यो कथाको पृष्ठभुमि नेपाल नै हो।   स्वस्थानीको गोमा नवराजको उल्लेख अरु कुनै वेद पुराण तथा अन्य कुनै वैदीक साहित्यमा नभएका कारण यो यहीको स्थानीय कथाको रुपमा चिनिएको छ। यधपी यसको कथाहरु स्कन्द पुराणको केदार खण्ड र माघ महत्मेबाट साभार गरेको मानिन्छ। तर स्वस्थानी स्कन्द पुराणबाट मात्र नभई लिङ्ग पुराण , पद्म पुराण र शिवपुराणबाट पनि अंश जोडिएको छ। हालसम्म प्राप्त सर्वप्राचीन स्वस्थानी ने॰सं॰ ६९३ “इति श्री लिङ्पुराणे स्वस्थानपरमेश्वर्य्या व्रतकथा समाप्त” लोखिएको छ। यसबाट यो लिंग पुराणबाट प्रभावित भएको देखिन्छ र स्वस्थानीमा रहेको भूगोलको वर्णन पनि यसै पुराणबाट थपिएको हो। नेवा समाजबाट पाइए

सापारु/ गाइजात्रा | Gai jatra |Sa Paru| Ancient Nepal

Image
सापारु/   गाइजात्रा   सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा ( जनैपूर्णिमा )  भोलिपल्ट पर्दछ। वर्षभरी दिवंगत भएका पितृहरुको सम्झनामा गाईको पूजा वा गाईलाई नै नगरपरिक्रमा गरी उनीहरूको सम्झनामा विभिन्न प्रहसन तथा बाजागाजा बजाउँदै यो चाड मनाइन्छ। वर्षभरि बन्द रहने यमलोकको ढोका आज खोल्ने र जो कोहीको पनि गाईजात्रा हुन्छ, गौमाताले  वैतरणी  र नर्कबाट मुक्ति मार्ग वा  स्वर्गलोकमा  लान्छन भन्ने मान्यता रहेको छ।   नेपालभाषामा  ' सा' भन्नाले 'गाई' र 'पारु' भन्नाले 'प्रतिपदा  बुझिन्छ '।   त्यसैले यसलाई गाइजात्रा पनि भनिन्छ। विशेषगरी नेवा समुदायबाट सुरु भएको यो चाडपर्व नेपालका विभिन्न अन्य समुदायहरुले विभिन्न ठाउँमा मनाउने गर्दछन्। यद्यपि यसको रौनक भने काठमाडौ उपत्यकामा भव्य रुपमा देख्न पाइन्छ। काठमाडौँ उपत्यका बाएक  बनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरामा  गाइजात्रा  मनाइन्छ । यो जात्रामा मृतकको संख्या पनि गर्ने गरिन्थ्यो जसबाट सरकारलाई तथ्यांक निकाल्न सजिलो हुन्थ्यो। काठमाडौँ उपत्यकामा

जनैपूर्णिमा । रक्षाबन्धन | Janai purnima | Rashya Bandan | ANCIENT NEPAL

Image
 चन्द्रमास अनुसार श्रावण शुक्ल पूर्णिमालाई  जनैपूर्णिमा  भन्ने गरिन्छ।  वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिका   पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित  (संस्कृत संधि विच्छेद= यज्ञ+उपवीत)  अर्थात जनै लगाउने चलन रहि आएको छ ।  त्यस दिन बिहानै नदी, तलाउमा गई  नुहाएर चोखो भई , गाईको गोबर तथा चोखो स्थानको माटोले कुशपानी लगाई विधिपूर्वक जनै फेरि सम्पन्न गरिन्छ ।  यस दिन विभिन्न समुदायका मानिसहरुले आ-आफ्नो तरिकाले यो चाड मनाउने गर्दछन्। यसै दिन सूर्यबाट वेद प्राप्त भएको कारण यसै दिनबाट  वेद पढ्न सुरुवात गर्ने गरिछ। आजैका दिनबाट बेदहरु श्रवण गर्ने चलन पनि रहेको छ। त्यसैले यसलाई कतिपयले गुरुपूर्णिमाको रुपमा पनि लिने गरेका छन्। WATCH HERE: JANAI PURNIMA VIDEO  साथै पहाडी क्षेत्रमा रहेका धामीहरुले यस दिन पवित्र तीर्थस्थल वा गोसाइकुण्डमा गई आफ्नो मन्त्रहरु उच्चारण गर्ने, प्राणप्रतिष्ठा गर्न, शक्ति भर्ने काम गर्दछन्। यस्तै मुक्तिनाथ क्षेत्रमा भने खसानि क्षेत्रका मानिसहरु जम्मा भई घोडा दौडाउने गर्दछन्। यसैगरी काठमाडौ उपत्यकामा भने विशेषगरी नेवार समुदायले  गुंलाथ्व पुन्ही, क्वाँती पुर्

किन भारतले बुद्ध भारतमा जन्मेकाे भनेर प्रमाण देखाएको ? Actual facts about Birth of Buddha | ANCIENT NEPAL

Image
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएकाे थियाे ।   भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युक

Narshima of Kathmandu valley

Image
 Narshima Shimadhoka Darbar Bhaktapur This image was installed by Bhupindra Malla in NS 818. This is the legend and incarnation of Vishnu that is captured in the stone idols at the entrance of all the three Malla period palaces of the valley. The one at Hanuman Dhoka was installed by King Pratap Malla in 1673. In the Bhaktapur palace, the Narasimha image is located at the entrance to the National Art Gallery and was placed there by King Bhupatindra Malla in 1698.  At Patan Durbar Square there is a sikhara style Narasimha temple just behind the stone pillar of King Yog Narendra Malla. A large statue of Narasimha is located at the main entrance to the Sundari Chowk and the  palace building of Patan. This courtyard, which houses the famous Tusha Hiti and related idols are attributed to King Siddhi Narasimha Malla and the year was 1647. The general belief that Vishnu and the various incarnations can be invoked at times of crisis are strongly embedded in the Nepali mind. It is given much im

बिस्केट जात्राको इतिहास | bisket jatra bhaktapur| Ancient Nepal

Image
विक्रम संवत को सरुवात संगै मनाइने बिस्केट जात्रा सौर्यमास अनुसार खाइ संल्हुमा मनाइन्छ। विशेषगरी यो जात्रा भक्तपुर र यस नजिकका अन्य गाउँ तथा सहरका विभिन्न भागहरुमा लगातार ९ दिन ८ रातसम्म मनाउने गरिन्छ। बिस्का जात्रा पहिले ल्योसिं (लिंगो) सँग मात्र सम्बन्धित भएपनि पछि यस जात्रामा अरु जात्रा पनि थपी लामो भएको मानिन्छ। यो जात्राको ऐतिहासिकता हेर्ने हो भने यो जात्रा सम्बन्धी प्राप्त सामाग्री थिमिमा फेला परेका छन। नेपाल संवत ५०० को एक तमसुक पत्रमा यसलाई विश्व केतु भनिएको छ भने तैमढीमा प्रप्त यक्ष मल्लको शिलालेखमा विश्वजात्रा भनी लेखिएको छ। साथै भक्तपुर दरबार क्षेत्रमा जितामित्रा मल्ल र भुपतेन्द्र मल्लका विभिन्न अभिलेख तथा त्यसपछिका थुप्रै वंशावलीमा यस जात्राको बारेमा विभिन्न अभिलेख पाइन्छ। यद्यपि यो जात्राको सुरुवात कसरी भयो भनेर कतै पनि स्पष्ट रुपमा लेखिएको पाइदैन। तर पनि यस जात्रासङ विभिन्न किमंदन्ती जोडिएको पाइन्छ।   बैशाखमा हामी नयाँ वर्ष मनाउँछौ । तर पहिला महिनाहरुको शुरु भइसकेको थिएन तर राशीका नामहरु शुरु भइसकेको थियो । जसअनुसार मेष राशीबाट वर्षको शुरुवात हुन्थ्यो भने मीन राशीमा पुग

पचपन्नझ्याले दरवार | 55 Window palace Bhaktapur| Ancient Nepal

Image
पचपन्नझ्याले दरवार नामले भनेझैँ ५५ वटा झयाल भएको यो दरवार काष्ठकलाको एक उत्कृष्ट नमुना हो। नेवारी भाषामा यस दरवारलाइ ङेङापा झ्या भनिन्छ जसको नेपाली अनुवाद पचपन्नझ्याले दरवार हुन्छ। यो दरबार भएको ठाँउमा जितामित्र मल्लले बि.स १७३५ मा थंथु दरवार बनएका थिए। तर बनाएको ३ बर्ष पछि भुकम्पले यो दरवार ढलेको थियो। त्यही भत्केको दरवारको जग माथि राजा भूपतिन्द्र मल्लले नयाँ दरवार बनाउन लगाएका थिए जसलाई पचपन्ने झ्याले दरवार भनिन्छ। यो दरवार बनाउन ५४ बर्ष लागेकोले यस दरवार भुपतिन्द्र मल्लका छोरा रणजित मल्लको पालामा सम्पन्न भएको थियो। रणजित मल्लको पालामा यसमा ५२ वटा मात्र झ्याल थिए भने राणाकालमा यसलाई बनाउदा यस दरवारको स्वरुपमा केही परविर्तन गरि ५५ झ्यालको बनाइयो। यस दरवारको कलाकृतीहरुमा बिशेष तान्त्रिक शैव, शाक्त, बैष्णब र स्वयं भुपतिन्द्र मल्लको बढी प्रभाव भएको पाइन्छ। दरवारको पहिलो तल्लामा भव्य शिवशक्तिमय विश्वरुपको भित्ते चित्र छ जहाँ अनुहार भने भुपतिन्द्र मल्ल र उनका रानी विश्वलक्ष्मीको रहेको छ। यहाँ रहेको भित्ते चित्रमा रामायण र कृष्ण लिलाका चित्रहरु देख्न पाइन्छ भने ने. सं. ८२८ मा तराईको जङ्गलम