बिस्केट जात्राको इतिहास | bisket jatra bhaktapur| Ancient Nepal
विक्रम संवतको सरुवात संगै मनाइने बिस्केट जात्रा सौर्यमास अनुसार खाइ संल्हुमा मनाइन्छ। विशेषगरी यो जात्रा भक्तपुर र यस नजिकका अन्य गाउँ तथा सहरका विभिन्न भागहरुमा लगातार ९ दिन ८ रातसम्म मनाउने गरिन्छ। बिस्का जात्रा पहिले ल्योसिं (लिंगो) सँग मात्र सम्बन्धित भएपनि पछि यस जात्रामा अरु जात्रा पनि थपी लामो भएको मानिन्छ। यो जात्राको ऐतिहासिकता हेर्ने हो भने यो जात्रा सम्बन्धी प्राप्त सामाग्री थिमिमा फेला परेका छन। नेपाल संवत ५०० को एक तमसुक पत्रमा यसलाई विश्व केतु भनिएको छ भने तैमढीमा प्रप्त यक्ष मल्लको शिलालेखमा विश्वजात्रा भनी लेखिएको छ। साथै भक्तपुर दरबार क्षेत्रमा जितामित्रा मल्ल र भुपतेन्द्र मल्लका विभिन्न अभिलेख तथा त्यसपछिका थुप्रै वंशावलीमा यस जात्राको बारेमा विभिन्न अभिलेख पाइन्छ। यद्यपि यो जात्राको सुरुवात कसरी भयो भनेर कतै पनि स्पष्ट रुपमा लेखिएको पाइदैन। तर पनि यस जात्रासङ विभिन्न किमंदन्ती जोडिएको पाइन्छ। बैशाखमा हामी नयाँ वर्ष मनाउँछौ । तर पहिला महिनाहरुको शुरु भइसकेको थिएन तर राशीका नामहरु शुरु भइसकेको थियो । जसअनुसार मेष राशीबाट वर्षको शुरुवात हुन्थ्यो भने मीन राशीमा पुगेर वर्षको अन्त्य हुन्थ्यो । मेष राशीमा सूर्यले प्रवेश गर्ने यस दिनलाई विषुवत संक्रान्ति पनि भन्ने गरिन्छ। र यसै दिन बिस्का मनाउने चलन रहेको छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
एक किमंदन्ती अनुसार, जब यहाँ शिवदेव शासन गर्थे तब पुर्वतिरबाट किराँतीहरुले हमला गरे। किराँतीहरु बलवान् भएकाले उनिहरुलाइ जित्न राजाले बज्रयोगिनीको वरदान लिइ एक तान्त्रिक गुरु कर्माचार्यलाई युद्धमा पठाउनु भयो। लडाइमा त्यस तान्त्रिक कर्मचार्य गुरुले आफ्नो मन्त्र प्रयोग गरि बाघ बनी युद्ध जित्नु भयो र उनलाइ सिन्दुर जात्रा गरि फर्काइयो। यो बाहादुरीता उनकी पत्नी सुनि आश्चर्य भइन् र आफूले सधै मानवको रुपमा देखेको पतिको कुरा पत्त्याउन उनलाई गाह्रो भयो। त्यसैले उनले आफ्नो श्रीमानलाई ठूलो अंजिगर बन्न अनुरोध गरिन। उक्त तान्त्रिकले कुरा माने तर अजिङ्गर भन्नुभन्दा पहिला उनले आफ्नो पत्नीलाई मन्त्रयुक्त चामल दियो र अजिंगर हेर्ने रहर पूरा भए पछि यो चामल छर्किनु म फेरि मानव हुन्छु भनि अजिंगर बने। र तान्त्रिक अजिङगर भए तब उनकी पत्नी डढाएर भग्न लागिन र भाग्ने क्रममा पटुका बाध्न खोज्दा खेरि उनले मन्त्रयुक्त चामल मुखमा लिइन वा उनको जििििि चामल पर्यो जस्ले गर्दा उनी पनि सर्प बनिन। त्यसकारण दुबैजना अजिङ्गर बनी यो रुपबाट मुक्त हुन उनीहरु दुवैजना दरवार नेरि गए र पुच्छरले टेकि राजालाई हेरिरहे। तर ठूलो डरलाग्दो अजिङ्गर देखेर मानिसहरु तर्सेए र यस नागलाई ढुङ्गामुडा गर्न लागे। तर राजाले यदि सर्पले दुख नदेको भए केही नगर्नु भने। यसले सबैले बेवास्ता गरेपछि दुबैजना निरास भइ आत्महत्या गरे। यो कुरा पछि राजाले थाहा पाए पछि ती तान्त्रिक दम्पतीको सम्मान स्वरुप दुई नागलाइ लठ्ठीमा राखी जात्रा गर्ने चलन चलाए।
अर्को जनश्रुति अनुसार परापूर्वकालमा यस भक्तपुर क्षेत्रमा एक अत्यन्तै बलवन राजा थिए। तर उनको छोरीसङ कसैले राति गुजार्छ, त्यस मान्छेको मृत्यु हुने हुदा राज्यमा नयाँ राजकुमार नभएको र धेरै मानिसहरु पनि मरिसकेका थिए। यसै क्रममा एक अज्ञात व्यक्ति राजकुमारिसङ रात बिताउछु भनी आयो र दुबै सङै सुते। त्यसै मध्यान रातमा त्यहाँ दुई ठूला ठूला सर्प आइ त्यस सुतेको केटालाई मार्न खोज्यो। तर त्यस केटाले आफ्नो तरबार झिकी दुबै सर्प काटी सिध्याए। जब भोलिपल्ट राजाहरु के भयो भनेर हेर्न आउँदाखेरी उनले दुईवटा सर्प मरेको र त्यस व्यक्ती जिउँदै देखे। यो पराक्रमी देखि सबैजना अचम्मित भए र यसलाई सारा दुनियाँलाई देखाउनु पर्छ भनि उनीहरूले त्यस सर्पलाई रथमा राखी एउटा लठ्ठीमा झुन्डाइ सबैलाई देखाए।
यसरी अहिले प्रमुख यी दुई थरीका किंवदन्तीहरू चलिरहेका छ्न। इतिहासकार हरेराम जोशीले भने यस जात्रा नेपाल समाज मातृ प्रधानबाट पुरुषप्रधान भए देखि यो जात्रा मानेको भने तर्क दिनु भएको छ। माथि प्रचलित किंवदन्तीमा पनि राजकुमारी (स्त्री) बलियो रहि रहेको र सर्प मारी पछि राजकुमार (पुरुष) बलियो भइ पराक्रमी देखाउन जात्रा गरेको मानिन्छ। त्यसैले महिलाबाट शासनसत्ता पुरुषमा आएदेखि नै यो जात्रा बनाएको भनेर पनि मानिन्छ जुन बिक्रमको सुरुवातसंगै भयो।
यहि कुराहरुलाइ मध्यनजर गर्दै मनन गर्ने हो भने नयाँ निष्कर्षमा पुग्न सकिन्छ। पानीले भरिएको काठमाडौँ उपत्यकाबाट जब पानी गयो त्यसपछि यहाँ रहेका थुप्रै जीवहरु गए भने केही यहि बसे। तीमध्ये रहेका केही सर्पले बस्न आएका मानिसलाइ दु ख दिन थाल्यो। यसरी बेलाबखतमा यहाँ ठुला सर्प अजिङ्गरसङ मानिसको भिडन्त हुन्थ्यो। यसै क्रममा भक्तपुरमा यहाँका बासिन्दाले ठूलो सर्प मारे र आरुलाई देखाउन लठ्ठीमा यस सर्पलाई झुडाए। किन भने कुनै पनि जनवर वा आदि मानवले आफ्नो बल देखाउन आफ्नो सिकार अरुलाइ देखाउने गर्दछ। यो चलन त पछि सम्म पनि सिकार गरि जनावर दरवारमा झुन्डउनेको रुपमा रहेको छ। यसरी आदिमानवकाल देखि यो जात्रा चलेको थियो र किरातकाल सम्म मातृप्रधान रहेको समाज लिच्छविकालमा पुरुषप्रधान भइ नयाँ रुपले चलेको अनुमान गर्न सकिन्छ। अनि यहीँ जात्राको चलन नै अलि पछिल्लो कालमा विकसित भयो र लिच्छविकालमा आइपुग्दा पुजा गर्ने तथा केही धार्मिक देवीदेवता पनि जोडिए। र पछिल्लो मल्लकालमा थुप्रै रथयात्रा र धेरै देवीदेवताको पूजा यसमा जोडि यो लामो र भव्य जात्राका रुपमा चल्यो।
______________
Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://ourancientnepal.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/
____________________________
________________________
REFERENCES:
भक्तपुरको बिस्केट् जात्रा र यसको प्रागैतिहासिक महत्व, केदारनाथ प्रधान
Medival Nepal, D.R Regmi
https://ourancientnepal.blogspot.com/2019/04/blog-post.html
https://ourancientnepal.blogspot.com/2019/04/blog-post_5.html
https://www.facebook.com/photo?fbid=10216480256592472&set=a.1705079000339
ne.wikipedia.org/wiki/बिस्काः_जात्रा
https://shilapatra.com/detail/3577
Comments
Post a Comment